National life

सरकारले गर्याे ५८ जना सहसचिवको सरुवा, को कहाँ सरुवा भए ? (सूचीसहित)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१९ भदौ २०८०, मङ्गलबार
1.1kShares
सरकारले गर्याे ५८ जना सहसचिवको सरुवा, को कहाँ सरुवा भए ? (सूचीसहित)
ncell

काठमाडौ । सरकारले ५८ जना सहसचिवको सरुवा गरेकाे छ । सरकारले ५८ जना सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गरेकाे हाे ।

मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले ५८ जना सहसचिवहरुलाई संघ, प्रदेश र स्थानीय तहहरुमा नयाँ जिम्मेवारी तोकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जसअनुसार संघीय मामिला मन्त्रालयका सहसचिवहरु बलराम रिज्याललाई गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालय र हेमराज तामाङलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । सहसचिवहरु सुमन दाहाल र डा. नारायणप्रसाद रेग्मी संघीय मामिला मन्त्रालयमा आएका छन् ।

त्यस्तै होमप्रसाद लुइँटेलको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट राष्ट्रिय सूचना आयोगमा सरुवा भएको छ । उमेश ढुंगानाको सार्वजनिक खरिद अनुगमन कार्यालयबाट लुम्बिनी प्रदेशको उद्योग तथा पर्याटन मन्त्रालयमा सरुवा भएको छ । खरिद अनुगमन कार्यालयमा विष्णुप्रसाद शर्मा आएका छन् ।

रामहरी ज्ञवालीलाई लुम्बिनीको उद्योग मन्त्रालयबाट राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ । दिवश आचार्यलाई राष्ट्रिय सूचना आयोगबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लगिएको छ ।

त्यस्तै सुशील ढकाललाई प्रदेश प्रुमखको कार्यालय बाग्मती, प्रदीप परियारलाई राष्ट्रिय योजना आयोग, बिनु बज्राचार्य कुँवरलाई शहरी विकास मन्त्रालय, कृष्णप्रसाद पन्थलाई राष्ट्रिय सतर्कता केन्द्र, अरुण पोखरेललाई आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिम, यमुना प्रधानलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी, महेश अचार्यलाई अर्थ मन्त्रालय, प्रकाश दाहाललाई आन्तरिक मामिला तथा योजना मन्त्रालय बाग्मती, उद्धवप्रसाद रिजाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ज्ञानराज सुवेदी तथा शिवप्रसाद रेग्मीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै बैकुण्ठनिधि शर्मालाई आन्तरिक मामिला मन्त्रालय सुदूरपश्चिम, महेश बराललाई राष्ट्रिय योजना आयोग, प्रदीपकुमार कोइरालालाई वन तथा वातावरण मन्त्रालय, यज्ञप्रसाद ढुंगेल र शिवराम न्यौपोनेलाई लोकसेवा आयोग, तोयारनारयाण सुवेदीलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, मनोजकुमार आचार्यलाई रक्षा मन्त्रालय, तीर्थराज चिलवाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा सरेश न्यौपानेसहित माधव प्रसाद पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आएका छन् ।

बद्रीकुमार कार्कीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी, शिवराम गेलालसहित टुवराज पोखरेललाई गृह मन्त्रालय, बद्रीनाथ अधिकारीलाई सामाजिक विकास मन्त्रालय गण्डकी, कृष्णप्रसाद सापकोटालाई भूमि व्यवस्था सहकरी तथा गरिबी निवारण मन्त्रालय, मनमाया पंगेनी भट्टराईलाई राष्ट्रिय योजना आयोग, ओमबहादुर खड्कालाई नेपालगञ्ज उपमहानगरपालिका, सुशील वैद्यसहित झलकराम अधिकारी र तुल्सीराम भट्टराईलाई संघीय मामिला मन्त्रालयको अतिरिक्त समूह, उद्धबहादुर घिमिरेसहित मोहनराज काफ्लेलाई वन तथा वातावरण मन्त्रालय, डा. नम्रता सिंहलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शरणकुमार पाण्डेलाई मधेश प्रदेशको भूमि व्यवस्था मन्त्रालय र राजेन्द्र कोइरालालाई बाग्मतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

रवीन्द्र बोहोराले सार्वजनिक खरिद अनुगमन कार्यालय, निरा रिजालले शहरी विकास मन्त्रालय, तुल्सीराम भट्टराईले भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी, डा. सन्तोष कैनीलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, राजेनद्रप्रसाद भण्डारीले लुम्बिनीको खानेपानी मन्त्रालय, गणेशराज वस्तीले ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी, जकी अहमद अन्सारीले खानेपानी मन्त्रालय, इन्द्रदेव भट्टले बाग्मतीको खानेपानी मन्त्रालय र मोहनकुमार शाक्यले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेका छन् ।

त्यस्तै जीवनाथ पौडेल सुदूरपश्चिमको उद्योग पर्यटन मन्यालय, वेदकुमार ढकालले वन तथा वातावरण मन्त्रालय, अशोकुमार साह मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र डा. सञ्जीवकुमार राईले वन तथा वातावरण मन्त्रालयमा सरुवा भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?