National life

सरकारले संविधान दिवसको अवसरमा १ हजार बढी कैदीलाई आममाफी दिँदै (सूचीसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० भदौ २०८१, बिहिबार
732Shares
सरकारले संविधान दिवसको अवसरमा १ हजार बढी कैदीलाई आममाफी दिँदै (सूचीसहित)
ncell

काठमाडौँ । यस पटकको असोज ३ गते संविधान दिवसका दिन सरकारले १ हजार बढी कैदीलाई छुटाउने भएको छ । अपराधकर्मीमा लाग्ने देखि मान्छे मारेकासम्मको आरोप लागेकोहरुको नाम यस पटकको संविधान दिवशका दिन छुट्नेहरूको लिस्टमा रहेको छ ।

यस अगाडिको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले संविधान दिवसका दिन छुटाउन अपराध गरेरै जेल पुगेका नेकपा माओवादी केन्द्र, एमाले र कांग्रेस समर्थकलगायत गरी एकै पटक १ हजार बढी कैदीको बाँकी सजाय मिनाहा सूची कारागार व्यवस्थापन विभागलाई सुम्पिएको थियो।

सबैलाई असोज ३ मा संविधान दिवस अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलबाट सजाय मिनाहा गराएर थुनामुक्त गरिने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
असार ९ गते र भदौ १६ मा निकालिएका नामावलीका कैदीलाई माफी मिनाहाका लागि अब एकै पटक सिफारिस हुने विभागको भनाई छ ।

‘जेठ १५ गणतन्त्र दिवसका दिन माफी मिनाहा गर्नुपर्ने भए पनि सर्वोच्च अदालतको आदेशपछि नियमावली संशोधन प्रक्रियाले त्यतिबेला सम्भव भएन र पछि नामावाली प्रकाशित गरिएको हो। अब संविधान दिवसका दिन सरकारको सिफारिसमा परेका कैदीलाई माफी मिनाहा दिएर कारागारमुक्त गर्न लागेको विभागका एक कर्मचारीले जानकारी दिएका छन् ।

यसअघि निकालिएको ६२० जनाको सूचीबाट १९ जनाको नाममा गुनासो आएपछि हटाइएको छ । भने अब यस पटक माफी मिनाहाका लागि करिब १ हजार जनाको नाम सिफारिस हुनेछ। यद्यपि, आममाफीको संख्या सरकारको निर्णयमा भर पर्ने उक्त कर्मचारीको भनाइृ छ ।

कैद कट्टा नियमावली संशोधन गरेर ज्यानसम्बन्धी कसुरको हकमा पीडितको सहमति लिएर मात्र कैद मिनाहा गर्नुपर्ने व्यवस्था गरिए पनि दल निकटका मान्छेलाई अपराध कर्म गरे पनि छुटाइने गरेको छ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/09/123-1725533407-1.pdf" title="123-1725533407 (1)"]

यो समाचार शेयर गर्नुहोस्
732SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?