National life

सरकारी ऋणपत्रको डिम्याटको काम सकियो,प्रमाणपत्रका आधारमा कारोबार नगर्न निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ माघ २०८१, सोमबार
646Shares
सरकारी ऋणपत्रको डिम्याटको काम सकियो,प्रमाणपत्रका आधारमा कारोबार नगर्न निर्देशन
ncell

काठमाडौं । सरकारले आन्तरिक ऋण प्रयोजनका लागि जारी गरेका विभिन्न अवधिका ट्रेजरी बिल र विकास ऋणपत्रको डिम्याट सम्पन्न गरेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै भौतिक रुपमा रहेका सबै प्रमाणपत्र रद्द भएको जानकारी गराउँदै प्रमाणपत्रका आधारमा कुनै पनि कारोबार नगर्न नगराउन निर्देशन दिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विभिन्न अवधिका सरकारी ऋणपत्रका भौतिक प्रमाणपत्रलाई यस कार्यालयले सञ्चालनमा ल्याएको डेब्ट अपरेशन एण्ड म्यानेजमेन्ट सफ्टवेयर मा डिजिटाइजेशन गरिसकिएको जानकारी दिएको छ ।

कार्यालयले ऋणपत्रको स्वामित्व विवरण, साँवा ब्याज भुक्तानी, दोस्रो बजार कारोबार तथा धितो प्रयोजनका लागि रोक्का फुकुवा लगायतका कार्यहरु सोही सिस्टमबाट भइरहेकाले साबिकमा जारी भएका भौतिक प्रमाणपत्रहरू रद्द गरिएको बताएको छ ।                                                     

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सूचना हेर्नुहोस्

यो समाचार शेयर गर्नुहोस्
646SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?