काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट वक्तव्य प्रस्तुत गरेसँगै सरकारी कर्मचारीहरुमै निराशा देखिएको छ । उनीहरुको तलब, सुविधा बढाउन यसपालि सरकारले कञ्जुस्याईं गरेको हो ।
पछिल्लो पटक सरकारले १ साउन २०७९ देखि लागू हुनेगरी कर्मचारीको नयाँ तलबमान कायम भएको थियो ।
त्यतिबेला निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक, स्वास्थ्य सेवा, संसद सेवा, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान कायम गरिएको थियो ।


































