National life

"सरकारी कोषमा गाभिनुपर्ने नीति नसच्याए अर्थमन्त्रीलाई संस्थाको चाँबी बुझाउँछौं" (भिडियो)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असार २०८२, मङ्गलबार
958Shares
"सरकारी कोषमा गाभिनुपर्ने नीति नसच्याए अर्थमन्त्रीलाई संस्थाको चाँबी बुझाउँछौं" (भिडियो)
ncell

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत हाल स्वतन्त्र रूपमा सञ्चालित सबै अवकाश कोषहरू अनिवार्य रूपमा सरकारबाट स्वीकृत कोषमा (नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र निभृत्तीभरण कोष) गाभ्नुपर्ने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षको कार्यक्रम समेटिएको आर्थिक विधेयक २०८२ को बुँदा २३ र ३७ तथा बजेटको बुँदा ३९८ अनुसार, असार मसान्त २०८३ भित्र सबै अवकाश कोषलाई यी चारवटा संस्थामा स्थानान्तरण गर्नु पर्ने बाध्यात्मक निर्णय गरिएको छ।

सरकारको उक्त नीतिलाई लिएर निजी वित्तीय संस्थाका कर्मचारीहरू सशंकित बनेका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघका राष्ट्रिय उपाध्यक्ष शिवहरी भण्डारी सरकारको निर्णय एकपक्षीय, अलोकतान्त्रिक र खोटपूर्ण रहेको बताउँछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
२४ वर्षदेखि नियमअनुसार पारदर्शी रूपमा सञ्चालित स्वतन्त्र अवकाश कोषहरूलाई छलफल नै नगरी खारेज गर्नु अन्यायपूर्ण भएको उनले बताए । उनले बैंक तथा वित्तीय संस्थामा सञ्चालित कोषहरूलाई राजनीतिक स्वार्थका लागि निशाना बनाइएको आरोप पनि लगाएका छन् । यस्तै यस्ता बाध्यात्मक व्यवस्थाले बैंकिङ क्षेत्रको स्वायत्तता खोस्ने र कर्मचारीको अधिकार कटौती गर्ने सम्भावना देखिएको उनको भनाइ छ । सरकारले उक्त निर्णय फिर्ता नलिए सम्पूर्ण बैंकिङ कारोबार ठप्प गरेर आफूहरू सडक आन्दोलनमा जानुपर्ने अवस्था आउने चेतावनी पनि उनले दिए ।

भण्डारीसँगको थप कुराकानी हेर्न तल दिइएको लिंकमा क्लिक गर्नुहोस् :

https://www.youtube.com/watch?v=P7U4DorPI9Q

यो समाचार शेयर गर्नुहोस्
958SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?