National life

सरकारी खर्चमा ओली सरकारको रजगज: चिन भ्रमणमा ८७ जनाको जम्बो टोली जाँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ मंसिर २०८१, शुक्रबार
612Shares
सरकारी खर्चमा ओली सरकारको रजगज: चिन भ्रमणमा ८७ जनाको जम्बो टोली जाँदै
ncell

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तालिकाबारे परराष्ट्र मन्त्रालयले आज औपचारिक जानकारी दिएको छ। चिनियाँ समकक्षीले छ्याङको औपचारिक निमन्त्रणा ओली बेइजिङ प्रस्थान गर्न लागेका हुन्।

प्रधानमन्त्री ओली मंसिर १७ गतेदेखि २० गतेसम्मका लागि चीनको औपचारिक भ्रमणमा जाँदै छन् । भ्रमण टोली प्रधानमन्त्री सहित उनकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडा, सांसदहरू, उच्च सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीसहित ८७ जना रहने छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बिहीबारको मन्त्रिपरिषद् बैठकले ओलीको भ्रमण स्वीकृत गरेको हो ।

१७ गते बेइजिङ प्रस्थान गर्ने ओलीले १८ गते राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भेटका अवसरमा आपसी चासोका विषयमा विचार आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उनले चिनियाँ जनकांग्रेसका स्थायी समिति अध्यक्ष चाओ लेजीसँग पनि भेटघाट गर्ने कार्यसूची रहेको छ ।

साथै, भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मन्तव्य समेत दिने छन् । उनले नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा बिहीबार नै चीन गएकी थिइन् । उनी उतैबाट प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुनेछिन् ।

यो समाचार शेयर गर्नुहोस्
612SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?