National life

सरकारी स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी ४७.५६ करोड घाटामा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ जेठ २०८१, बुधबार
1.3kShares
सरकारी स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी ४७.५६ करोड घाटामा
ncell

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८०।८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण भर्खर सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमास समाप्त भईसकेको अवस्थामा ढिला सुस्तीका साथ आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको हो ।

सो विवरणअनुसार कम्पनीले चालु आवको पहिलो त्रैमाससम्ममा ४७ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको देखिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १८ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको अवस्थ थियो ।

नेपाल पुनर्बीमा कम्पनीले पहिलो त्रैमाससम्म १ अर्ब २८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने सो रकम अघिल्लो आवको तुलनामा १५.९५ प्रतिशतले कम हो । कम्पनीले लगानी तथा कर्जामार्फत ४० करोड ९७ लाख र ३ लाख १९ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको तथ्यांकमा देखिन्छ। कम्पनीको कुल आम्दानी पनि १५.८१ प्रतिशतले खुम्चदै १ अर्ब ७३ करोडमा आइपुगेको अवस्था छ।

यता, कम्पनीको महाविपत्ती कोषको आकार २६ करोड ७४ लाख र स्पेशल रिजर्भको आकार ३ अर्ब ८३ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ७०.७२ प्रतिशतले घट्दै १९ करोड ६९ लाख रुपैयाँमा सीमित बनेको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?