National life
cg eloctronics

सर्लाही ४ मा अमरेश चौँथो पटक निर्वाचित, गगन थापा पराजित

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२४ फागुन २०८२, आइतबार
1.5kShares
सर्लाही ४ मा अमरेश चौँथो पटक निर्वाचित, गगन थापा पराजित
muktinatha bikash bank

सर्लाही । सर्लाही क्षेत्र नं। ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंह निर्वाचित हुनुभएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सिंह नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई १२ हजार ८५७ मतको फराकिलो अन्तरले पराजित गर्दै लगातार चौंथो पटक सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्यमा चुनिनु भएको हो । सिंह ३५ हजार ६८८ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी थापालाई भने २२ हजार ८३१ मत प्राप्त भयो ।

सिंह यसअघि नेपाली कांग्रेसबाट दुई पटक र २०७९ मा स्वतन्त्रबाट उम्मेदवारी दिएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यो पटक नेपाली कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारसमेत घोषणा गर्दै सभापति थापालाई सर्लाही ४ बाट उठाएपछि सिंहलाई अप्ठ्यारो परेको आँकलन गरिएको थियो ।

everest bank

तर यसअघि भन्दा झन सानदार मतसहित सिंहले संसदको यात्रा तय गर्न सफल हुनुभएको हो । सर्लाही ४ मा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेर सभापति थापाको पक्षमा माहोल बनाउन क्रियाशील हुँदा हुँदै पनि देशभर रास्वपाप्रति जनलहर देखिँदा डा. सिंहले चौंथो पटक सांसद बन्ने पौका प्राप्त गर्नुभएको हो ।

केहीबेरअघि अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सिंहलाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाण–पत्र प्रदान गर्ने तयारी गरेको छ । क्षेत्र नं. ४ को नतिजासँगै सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?