National life
cg eloctronics

सर्वोत्तम पेन्ट्सले वैशाख २१ गतेदेखि आईपीओ खुलाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०९ वैशाख २०८३, बुधबार
1.6kShares
सर्वोत्तम पेन्ट्सले वैशाख २१ गतेदेखि आईपीओ खुलाउने
muktinatha bikash bank

काठमाडौं ।। सर्वोत्तम पेन्ट्स ईष्डष्ट्रिज लिमिटेडले पहिलो चरण अन्तर्गतको आईपीओ यही वैशाख २१ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि पहिलो चरणअन्तर्गतको आईपीओ निष्कासन गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीले आफ्नो जारीपूँजी ३४ करोडको २५ प्रतिशत अर्थात ८ करोड ५० लाख रकमबराबरको प्रतिसेयर रु।१०० अंकित दरका ८ लाख ५० हजार कित्ता साधारण सेयरको १० प्रतिशतले हुने ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्न लागेको हो ।

कम्पनीको यो आईपीओमा छिटोमा वैशाख २४ गतेसम्म र ढिलोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन् ।

everest bank

यस्तो आवेदन धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित ‘मेरो सेयर’अनलाइन प्रयोग गरी सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । पहिलो चरणको आईपीओ जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?