काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रणालीमा प्राविधिक समस्या आएपछि यातायात व्यवस्था विभागले आजदेखि सम्बन्धित सबै सेवा बन्द गरेको छ।
विभागले सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि सवारी चालक अनुमतिपत्र सम्बन्धी सबै सेवा —ईडीएल प्रणाली, अनलाइन आवेदन तथा अत्यावश्यक लाइसेन्स प्रणाली अस्थायी रूपमा बन्द रहने जानकारी दिएको छ।
''सवारी चालक अनुमति पत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द भएको ब्यहोरा जानकारी गराइन्छ", विभागले जारी गरेको सूचनामा उल्लेख छ। प्राविधिक समस्या समाधानका लागि काम भइरहेको विभागले जनाएको छ।
समाधान भएपछि सेवा पुनः सुरु गरिने जानकारीसहित विभागले अर्को सूचना प्रकाशन गर्नेछ।



































