National life

सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुलाई यी तीन केवलकारको टिकट मूल्यमा छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०८ असार २०८०, शुक्रबार
1.3kShares
सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुलाई यी तीन केवलकारको टिकट मूल्यमा छुट
ncell

काठमाडौं । सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुलाई चन्द्रागिरी, मौलाकालि र लुम्बिनी केवलकारले टिकट मूल्यमा छुट दिने भएका छन् । आइएमई ग्रुप अन्तर्गतका केवलकार कम्पनीहरु चन्द्रागिरि हिल्स, मौलाकालि केवलकार र लुम्बिनी केवलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुलाई केवलकारको टिकट मूल्यमा छुट दिने भएका हुन् ।

आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तिनवटै केवलकार कम्पनीहरुले छुट प्रदान सम्बन्धी सम्झौता गरेका हुन् । सम्झौता अनुसार, बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, आश्रित परिवारहरु साथै नेपाल एपी एफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले केवलकारको टिकट मूल्यमा २० प्रतिशत छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सशस्त्र प्रहरी बलको कल्याणकारी योजना अन्र्तगत भएको यो सम्झौता बमोजिम यो छुट प्राप्त गर्न बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुले सम्बन्धित कार्यालयले प्रदान गरेको परिचय पत्र ,अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुले पेन्सन पट तथा आश्रित परिवारहरुले नाता प्रमाणित कागजात देखाउनु पर्ने छ ।

सम्झौता पत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रविण कडेंल र मौलाकाली तथा लुम्बिनी केवलकारका तर्फबाट कम्पनीका प्रतिनिधी रुद्र पौडेल, चन्द्रागिरि हिल्सका तर्फबाट महाप्रबन्धक संजिव थापाले हस्ताक्षर गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?