National life

सहकारी पीडित बचतकर्ता र सहकारीमन्त्रीबीच भेटवार्ता, जीबी राईलाई तत्काल पक्राउ गर्न माग

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२० चैत २०८२, शुक्रबार
1.2kShares
सहकारी पीडित बचतकर्ता र सहकारीमन्त्रीबीच भेटवार्ता, जीबी राईलाई तत्काल पक्राउ गर्न माग
ncell

काठमाडौँ। गितेन्द्रबाबु राई (जीबी राई) संलग्न रहेको विभिन्न पाँच सहकारी संस्थामा रकम जम्मा गरेर पनि फिर्ता पाउन नसकेका बचतकर्ताहरूले बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलसँग भेट गरेका छन्।

चितवनस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी, बुटवलको सुप्रिम, वीरगन्जको सानो पाइला, पोखराको सूर्यदर्शन र काठमाडौँमा कार्यालय रहेको स्वर्णलक्ष्मी सहकारीका पीडित बचतकर्ताहरूले मन्त्री रावललाई १० बुँदे मागपत्र बुझाएका हुन्। उनीहरूले अदालतमा विचाराधीन मुद्दाहरू छिटो टुंग्याई बचतकर्ताको पक्षमा निर्णय गर्नुपर्ने माग अघि सारेका छन्।

त्यसैगरी, बजारमा रहेका ऋण असुलीका लागि ऋणीलाई ३५ दिने सूचना जारी गर्नुपर्ने, मुद्दा चलिरहेकै अवस्थामा सम्पर्कमा आएका केही प्रतिवादीहरू पैसा फिर्ता गर्न इच्छुक देखिएकाले मिलापत्रको सम्भावना खुला गर्नुपर्ने लगायतका मागहरू पनि उनीहरूले राखेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, यस प्रकरणका मुख्य योजनाकार मानिएका र लामो समयदेखि फरार रहेका जीबी राईलाई तत्काल पक्राउ गर्न समेत उनीहरूले सरकारसँग आग्रह गरेका छन्।

सहकारी ठगीसम्बन्धी यस प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेको नामसमेत जोडिएको छ र उनीविरुद्ध अदालतमा मुद्दा छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?