काठमाडौँ । सहकारी प्रकरणमा ठोस धारणा बनाउन नेपाली कांग्रेसले वर्तमान र पूर्वपदाधिकारीको बैठक डाकेको छ ।
आज दिउँसो १ बजेका लागि सभापति शेरबहादुर देउवा निवासमा बैठक बस्न लागेको हो । उक्त बैठकले सहकारी प्रकरणका सम्बन्धमा ठोस धारणा तय गर्ने कांग्रेसलेको तर्क छ ।
कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ।
यसका सम्बन्धमा संसदीय छानबिनको माग गर्दै आएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेताहरूको बिहान बसेको बैठक विना निष्कर्ष टुङ्गिएको छ।

































