National life

साउदीमा छोटा कपडा लगाएर सार्वजनिक स्थलमा नजान दूतावासको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ कात्तिक २०८१, बिहिबार
630Shares
साउदीमा छोटा कपडा लगाएर सार्वजनिक स्थलमा नजान दूतावासको आग्रह
ncell

काठमाडौँ । साउदी अरबमा रहेका नेपालीलाई छोटा कपडा लगाएर सार्वजनिक स्थलमा नजान रियादस्थित नेपाली दूतावासले नेपाली समुदायलाई आग्रह गरेको छ । सार्वजनिक स्थलमा हाफप्यान्ट, धातुको सिक्री, ब्रासलेट लगाएर जाँदा धेरै नेपालीहरू प्रहरी कारबाहीमा परेपछि दूतावासले सार्वजनिक सूचनामार्फत सतर्क गराएको हो ।

दूतावासले आज एक सूचना जारी गर्दै साउदीको कानुनले सार्वजनिक स्थानमा छोटा हाफप्यान्ट लगाएर हिँड्न, प्रार्थनाको समयमा ठूलो आवाजमा गीत बजाउन, सार्वजनिक स्थलमा थुक्न, ज्येष्ठ नागरिक तथा अशक्तहरूलाई छुट्टाएको स्थान ओगट्न, लाइन मिच्न, तडकभडक देखिने पोशाक लगाउन निषेध गरेको भन्दै सर्तक रहन आग्रह गरेको छ ।

सार्वजनिक मर्यादा विपरीतको यस्ता कार्य गरेमा पाँच हजार साउदी रियाल र अन्य थप सजाय हुनसक्ने दूतावासको चेतावनी छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, अरूलाई तर्साउने वा डराउने खालको क्रियाकलाप गर्न, ट्राफिक दुर्घटना तथा अपराधजन्य घटनाको फोटो तथा भिडियो खिच्न एवं अमर्यादित ठानिएका वा सार्वजनिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने काम गर्न त्यहाँको कानुनले रोक लगाएको दूतावासको सूचनामा भनिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
630SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?