National life

साउनमा सेयर धितो कर्जा १ खर्ब ४४ अर्ब नाघ्यो, अघिल्लो वर्षको तुलनामा ५८% वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ भदौ २०८२, मङ्गलबार
671Shares
साउनमा सेयर धितो कर्जा १ खर्ब ४४ अर्ब नाघ्यो, अघिल्लो वर्षको तुलनामा ५८% वृद्धि
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनसम्म बैंकहरूले प्रवाह गरेको सेयर धितो कर्जा उल्लेख्य दरमा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन मसान्तसम्म कुल १ खर्ब ४४ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८.०६ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को साउन मसान्तसम्म यस्तो कर्जा ९१ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ मात्र थियो। समीक्षा अवधिमा १ करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जा उच्च दरमा बढेको छ। यस श्रेणीमा साउन मसान्तसम्म १ खर्ब १ अर्ब ८० करोड ५८ लाख रुपैयाँ कर्जा पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५८ अर्ब १० करोड २२ लाख रुपैयाँ मात्र थियो। यो ७५.२ प्रतिशतले वृद्धि भएको हो।

५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा पनि उल्लेख्य बढेको छ। चालु वर्षको साउन मसान्तसम्म यस श्रेणीमा १६ अर्ब ९१ करोड ७४ लाख रुपैयाँ कर्जा पुगेको छ, अघिल्लो वर्षको सोही अवधिमा भने १२ अर्ब ४७ करोड २९ लाख रुपैयाँ मात्र थियो। यसरी यो श्रेणीको कर्जा ३५.६३ प्रतिशतले बढेको देखिन्छ।

२५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा पनि वृद्धि भएको छ। यस वर्षको साउनसम्म १७ अर्ब ८ करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ भने अघिल्लो वर्ष सोही अवधिमा १३ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ मात्र थियो। यसरी यस श्रेणीमा २३.६ प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै, २५ लाख रुपैयाँसम्मको कर्जा अघिल्लो वर्षको ७ अर्ब ५ करोड २८ लाख रुपैयाँबाट बढेर चालु वर्षको साउन मसान्तसम्म ८ अर्ब ७२ करोड ४० लाख रुपैयाँ पुगेको छ। यो श्रेणीको कर्जा पनि २३.६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

यो समाचार शेयर गर्नुहोस्
671SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?