National life

सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ कात्तिक २०८१, शनिबार
1.2kShares
सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी
ncell

काठमाडौं । ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपराह्न चक्रपथमा चल्ने महानगर यातायातको बा४ख १०६ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले दिए ।

सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी भएको उनले जानकारी दिए । बसमा आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुईवटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आगलागीबाट बस पूर्ण रूपमा क्षति भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?