National life

साताभरमा २३.०३ अंकले बढ्यो नेप्से सूचक,उपसूचकको घटबढ कस्तो रह्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ भदौ २०८२, शनिबार
451Shares
साताभरमा २३.०३ अंकले बढ्यो नेप्से सूचक,उपसूचकको घटबढ कस्तो रह्यो ?
ncell

काठमाडौँ । साताभरमा नेप्से परिसूचक करिब १ प्रतिशत बढेर बन्द भएको छ। गत साता २७५७.९७ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.८४ प्रतिशत अर्थात् २३.०३ अंक बढेर २७८१.०० विन्दुमा पुगेको छ।

Royal Enfield
nic asia capital

साताभरमा भएको ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो। यस साता सेन्सेटिभ इण्डेक्स ३.४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंक बढेको छ।

https://www.youtube.com/watch?v=7z132FYZ0dA&t=25s

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ९५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ६ अर्ब ४५ करोडको शेयर किनबेच भएको छ।

गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ८.३८ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या १७.२६ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ४.८३ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब ८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ३८ अर्ब रुपैयाँ बढेर ४६ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.५७ प्रतिशत बढेको छ। गत साता २५९५.७९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ११८.६४ अंक बढेर २७१४.४३ विन्दुमा पुगेको छ।

यस साता होटल तथा पर्यटन, वित्त र जलविद्युत उपसमूहको परिसूचक सामान्य घटेको हो। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी ०.४२ प्रतिशत घटेको छ। गत साता ३५७५.३४ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक यस साता १५.१३ अंक घटेर ३५६०.२१ विन्दुमा झरेको छ।

नेप्सेमा यस साता ग्लोबल आइएमई समुन्नत योजना २ को १५ करोड इकाई र छ्याङ्दी हाइड्रोपावरको ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ। यस साता विकाश हाइड्रोपावर लिमिटेडको शेयरमूल्य सर्वाधिक ६०.९८ प्रतिशत बढेको छ।

यो समाचार शेयर गर्नुहोस्
451SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?