National life

सात महिनामा वैदेशिक अध्ययनमा बाहिरियो ६४ अर्ब, भ्रमण व्यय १०.६ % ले वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ फागुन २०८१, मङ्गलबार
714Shares
सात महिनामा वैदेशिक अध्ययनमा बाहिरियो ६४ अर्ब, भ्रमण व्यय १०.६ % ले वृद्धि
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको सात महिनाको अवधिमा उच्च शिक्षाका लागि विदेशी मुलुक जाने विद्यार्थी मार्फत ठुलो धनराशि बिदेसिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड बराबर पुगेको छ।

त्यस्तै,सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई रु एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड रहेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु एक खर्ब चार अर्ब ७५ करोड रहेकामा शिक्षातर्फको व्यय रु ६६ अर्ब ६४ करोड थियो ।

सो अवधिमा खुद सेवा आय रु ५० अर्ब २२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३६ अर्ब ३८ करोडले घाटामा थियो।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय सात दशमलव सात प्रतिशतले वृद्धि भई रु ४९ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ४५ अर्ब ६८ करोड कायम थियो ।

यो समाचार शेयर गर्नुहोस्
714SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?