National life

सानिमा जिआईसी इन्स्योरेन्सको खुद बीमा शुल्क १२६ प्रतिशतले वृद्धि,अन्य सूचांक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३१ साउन २०८०, बुधबार
657Shares
सानिमा जिआईसी इन्स्योरेन्सको खुद बीमा शुल्क १२६ प्रतिशतले वृद्धि,अन्य सूचांक कस्ता ?
ncell

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले २८ करोड ०१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो आवको भन्दा ९३ दशमलव ३६ प्रतिशतले बढी हो । गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अबधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन ६२ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो बर्षको भन्दा १२६ दशमलव ४७ प्रतिशतलेबढी हो। अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन २७ करोड ७६ लाख थियो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा २८ करोड ६२ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको बीमा कोष १५९ दशमलव ६० प्रतिशतले बढेको छ । बीमा कोषमा ४२ करोड ६७ लाख रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा बीमा कोषमा १६ करोड ४३ लाख रुपैयाँ थियो । त्यस्तै जगेडा कोष ११७ दशमलव ५९ प्रतिशतले वृद्धि हुँदै ३२ करोड ९४ लाख पुगेको छ ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब पुगेको छ । यस अबधिमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ०१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ६५ पैसा रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
657SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?