National life

सानिमा जिआईसी इन्स्योरेन्सको व्यवसायमा वृद्धि, सबै सुचकमा प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० साउन २०८१, बुधबार
608Shares
सानिमा जिआईसी इन्स्योरेन्सको व्यवसायमा वृद्धि, सबै सुचकमा प्रगति
ncell

काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। यस अवधिमा कम्पनीले ३३ करोड ७ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको छ। जुन गत आवको भन्दा २०.९२ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले गत आवमा २७ करोड ३५ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १९.४४ प्रतिशतले बढेर २ अर्ब ५१ करोड १६ लाख रुपैयाँ र खुद बीमा शुल्क ३६।५२ प्रतिशतले बढेर ७५ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

यस समिक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १३.१० प्रतिशतले बढेर ३ अर्ब ४२ करोड ४५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोषमा ३ अर्ब २ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको कर्जा तथा लगानीबाट हुने आय ४.४६ प्रतिशतले बढेर २५ करोड ८५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले आफ्ना बीमितलाई गएको एक बर्षमा ९० करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

२ अर्ब रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी १३.६८ रुपैयाँबाट बढेर १६.५४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १४९.३१ रुपैयाँ रहेको छ ।

यो अवधिमा कम्पनीको जगेडा कोष सञ्चिति १३.१० प्रतिशतले बढेर २ अर्ब ४२ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
608SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?