काठमाडौँ । गत वर्ष कम्पनीले १८.३८११ प्रतिशत बोनस सेयर वितरण गरेको सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट शेयर धनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद घोषणा गरेको हो।
उक्त लाभांश घोषणा प्रस्ताव बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपश्चात् शेयर धनीलाई वितरण गरिने भएको छ।
































