काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधि भिडन्तमा नेपालले बंगलादेशसँग हार बेहोरेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा नेपालमाथि बंगलादेशले २(१ गोलको जित निकालेको हो। यससँगै नेपाल साफको फाइनलमा छैटौं पटक पराजित भएको हो ।
नेपालका लागि अमिषा कार्कीले ५६ मिनेटमा बराबरी गोल गरिन्। ५२ मिनेटमा बंगलादेशले अग्रता लिएको थियो। नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा बंगलादेशकी मोनिका चक्माले डिबक्स भित्रबाट गोल गरेको थियो।


































