काठमाडौँ। सामाजिक सुरक्षा कोषले हालसम्म १५ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ। योगदानमा आधारित सामाजिक सुरक्षा कोषले हालसम्म विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई १५ अर्ब ६७ करोड भुक्तानी गरेको हो।
कोषले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । जस अनुसार कोर्षले औषधी उपचार सुविधाबापत २ अर्ब १२ करोड ६० लाख ३७ हजार ७१० रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा सुविधाबापत २० करोड ३७ लाख ३२१ रुपैयाँ, वृद्धावस्था सुरक्षा योजनाबापत १३ अर्ब ८ करोड ५९ लाख ६ हजार ५ रुपैयाँ र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २६ करोड ७ लाख ९६ हजार ९४० रुपैयाँ र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २६ करोड ७ लाख ९६ हजार ९४० रुपैयाँ बराबर दाबी भुक्तानी गरेको छ ।
त्यस्तै, कोषले हालसम्म औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत ५ लाख ९२ हजार ४६४ पटक, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा १० हजार ५०६, आश्रित परिवार सुरक्षा योजनाको २८ हजार ४४७ र वृद्ध अवस्था सुरक्षा योजनाको १ लाख २० हजार ८०४ पटक दाबी भुक्तानी गरेको छ । कोषमा हालसम्म २३ लाख ७१ हजार ७६२ जना योगदानकर्ता र २० हजार९४१ जना रोजगारदाता सूचीकृत भएका छन् ।
सबैभन्दा बढी बागमती प्रदेशबाट ४ लाख ५५ हजार २९९ जना आबद्ध भएका छन् । त्यसैगरी कोसीबाट ६४ हजार ११०, मधेसबाट २९ हजार ७०४, गण्डकीबाट २५ हजार ४०७, लुम्बिनीबाट २१ हजार ५२५, कर्णालीबाट २ हजार ३६४ र सुदूरपश्चिमबाट ३ हजार ६९ जना कोषमा आबद्ध भएका छन् ।

































