National life

सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या बाक्लिँदै, २३ लाख बढी श्रमिक जोडिए

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असार २०८२, शुक्रबार
525Shares
सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या बाक्लिँदै, २३ लाख बढी श्रमिक जोडिए
ncell

काठमाडौँ । पछिल्लो समय सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्यामा दैनिक रूपमा वृद्धि हुँदै गएको छ।

सामाजिक सुरक्षा कोष तथ्यांक अनुसार २३ लाख १४ हजार ९६ जना श्रमिक कोषमा जोडिएका छन् । जस अनुसार वैदेशिक रोजगारीबाट १७ लाख १९ हजार १५१ जना, अनौपचारिक क्षेत्रका ६०० जना र स्वरोजगारबाट ३८६ जना आबद्ध छन्। हालसम्म कोषमा योगदानकर्ताको ८१ अर्ब ८३ करोड रुपैयाँ रकम जम्मा भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जसमध्ये कोषले १५ अर्ब २० करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। कोषमा २ अर्ब २९ करोड ९४ लाख ९२ हजार १४४ रुपैयाँ रकम औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा जम्मा भएको छ। उक्त रकमको २ अर्ब २ करोड २६ लाख ९८ हजार २९५ रुपैयाँ कोषले दाबी भुक्तानी गरेको छ ।

साथै, वृद्ध अवस्था सुरक्षा योजनामा ६६ अर्ब ९० करोड ७० लाख ६३ हजार ५३१ रुपैयाँ संकलन भएकोमा कोषले १२ अर्ब ७४ करोड १२ लाख ५३ हजार ६७० रुपैयाँ रकम दाबी भुक्तानी गरेको कोषले जनाएको छ ।

त्यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ५ अर्ब १६ करोड ५ लाख ९५ हजार ६९५ रुपैयाँ कोषमा जम्मा भएकोमा ४४ करोड ३१ लाख ७ हजार ७८५ रुपैयाँ रकम कोषले दाबी भुक्तानी गरिएको कोषले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
525SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?