National life

सामाजिक सुरक्षा कोषमा २५ लाख ७६ हजार ४७६ श्रमिक आबद्ध ,९३ अर्ब सङ्कलन

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०७ कात्तिक २०८२, शुक्रबार
1.3kShares
सामाजिक सुरक्षा कोषमा २५ लाख ७६ हजार ४७६ श्रमिक आबद्ध ,९३ अर्ब सङ्कलन
ncell

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको सङ्ख्या २५ लाख ७६ हजार ४७६ पुगेको छ। कोषमा आबद्ध हुने योगदानकर्ता र रोजगारदाताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको कोषले जनाएको छ।

https://aarthikvoice.com/archives/49197

हालसम्म २२ हजार ७६ रोजगारदाता संस्थाहरू कोषमा आबद्ध भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्ष २०८१र८२ मा मात्रै ८ लाख ८२ हजार ९ सय ४६ नयाँ श्रमिक सूचिकृत भएका थिए।

कोषमा औपचारिक क्षेत्रका ६ लाख ४० हजार श्रमिक आबद्ध छन् भने अनौपचारिक क्षेत्रका ७९४ श्रमिक मात्र सहभागी छन्। वैदेशिक रोजगारीमा जाने श्रमिकहरू १९ लाख ३४ हजारभन्दा बढी आबद्ध भएका छन्। सरकारको बाध्यात्मक व्यवस्थाका कारण उनीहरू प्रक्रिया पुर्‍याउन कोषमा जोडिए पनि नियमित योगदान भने कम हुने गरेको छ।

कोषले अहिलेसम्म योगदानकर्ताबाट ९३ अर्ब रुपैयाँ सङ्कलन गरिसकेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?