National life

सामाजिक सुरक्षा कोष ७औँ वर्षमा प्रवेश,अब श्रीमान्–श्रीमती र छोराछोरीको उपचार खर्च पनि बेहोर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ मंसिर २०८१, मङ्गलबार
1.2kShares
सामाजिक सुरक्षा कोष ७औँ वर्षमा प्रवेश,अब श्रीमान्–श्रीमती र छोराछोरीको उपचार खर्च पनि बेहोर्ने
ncell

काठमाडौँ । सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश गरेको छ । २०७५ साल मंसिर ११ गतेदेखि औपचारिक रूपमा सुरुवात भएको कोषमा हाल १७ लाख ९७ हजार बढी योगदानकर्ता (श्रमिक)आबद्ध भएका छन् ।

७ औँ वर्षमा प्रवेश गरेको अवसरमा कोषले स्थापना दिवस मनाएको छ । दिवसको अवसर पारेर प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला निकायको उपस्थिति रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार कोषमा हालसम्म १७ लाख ९७ हजार ६४० जना योगदानकर्ता आबद्ध भएका छन् । भने १९ हजार ७६९ रोजगारदाता समेत आबद्ध भएका छन् ।

जसमा १२ लाख ५३ हजार ६१५ जना वैदेशिक रोजगारीमा रहेका श्रमिक छन् । कोषमा हाल ६८ अर्ब ६८ करोड रुपैयाँ जम्मा भएको कार्यकारी निर्देशक अधिकारीले बताए । कोषले स्वास्थ्य उपचार, पेन्सन लगायतका सुविधाका लागि ११ अर्ब ६२ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

https://aarthikvoice.com/archives/49197

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरूले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । मंगलबार कार्यक्रममा बोल्दै कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सो कुराको जानकारी गराएका हुन् ।

अधिकारीले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरूका श्रीमान्–श्रीमती र १८ वर्ष नकटेका छोराछोरीहरूका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् ।

सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कूल खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरे ।

प्रधानमन्त्री ओलीले संविधानमा भएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई समृद्ध बनाउन सरकार क्रियाशील छ भने ।

त्यस अवसरमा कोषअन्तर्गत बढी योगदानकर्ता र सेवा प्रदायक व्यक्ति र संस्थालाई प्रधानमन्त्रीले पुरस्कार प्रदान गरे ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?