National life

सामाजिक सुरक्षा भत्ताबाट लाखौँ नागरिक लाभान्वित, यातायात र स्वास्थ्य सेवामा छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२५ माघ २०८२, आइतबार
961Shares
सामाजिक सुरक्षा भत्ताबाट लाखौँ नागरिक लाभान्वित, यातायात र स्वास्थ्य सेवामा छुट
ncell

काठमाडौं। सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तर्गत हाल करिब २० लाख जेष्ठ नागरिकले लाभ पाउँदै आएका छन्। सिंहदरबारमा आइतबार बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्रालयकी सचिव राधिका अर्यालले यसबारे जानकारी दिएकी छन्।

सचिव अर्यालले जेष्ठ नागरिकको जीवन सुरक्षित, सम्मानजनक र गुणस्तरीय बनाउन थप विशेष पहल आवश्यक रहेको औँल्याइन्। उनले सरकारले लक्षित समूहका लागि विभिन्न कार्यक्रमहरु जारी राखेको जानकारी दिँदै सामाजिक सुरक्षा भत्ताले उनीहरुको जीवनमा महत्वपूर्ण भूमिका खेलेको बताइन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनका अनुसार, हाल ७० वर्षभन्दा माथिका १६ लाख ६० हजार जेष्ठ नागरिक भत्ता प्राप्त गर्दैछन्। यसबाहेक, ६० वर्ष पुगेका १ लाख ६१ हजार दलित, १ लाख ७१ हजार एकल महिला र तोकिएको क्षेत्रका १७ हजार १६९ जेष्ठ नागरिक पनि सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत पर्दछन्। प्रत्येक लाभग्राहीले मासिक ४ हजार रुपैयाँ भत्ता पाउँदै आएको उनले उल्लेख गरिन्।

यात्रा र स्वास्थ्य सेवामा पनि सुविधा उपलब्ध गराइएको छ। सार्वजनिक यातायातमा सबै जेष्ठ नागरिकका लागि कम्तीमा दुई सिट सुरक्षित गरिएको र भाडामा कम्तीमा ५० प्रतिशत छुट उपलब्ध छ। स्वास्थ्य क्षेत्रमा सरकारी, सामुदायिक र निजी अस्पतालमा जेष्ठ नागरिकका लागि विशेष सैया वार्डको व्यवस्था गरिएको छ। उपचार शुल्कमा ५० प्रतिशत छुट दिइएको र ७७ जिल्लाका ९४ अस्पतालमा सेवा प्रवाह भइरहेको सचिव अर्यालले जानकारी दिइन्।

सचिव अर्यालले भनिन्, “जेष्ठ नागरिकको जीवनस्तर सुधार्न विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। भत्ता, यातायात र स्वास्थ्य सेवामा उपलब्ध सुविधा भए तापनि सेवा प्रवाहको प्रभावकारिता अझै चुनौतीपूर्ण छ। ७० वर्षमाथिका सबै जेष्ठ नागरिकका लागि १ लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराइएको छ।”

यो समाचार शेयर गर्नुहोस्
961SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?