National life

सिटिजन्स लाइफले मार्यो छलाङ्ग, हेरौ कुन सूचक कस्ता छन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ वैशाख २०८१, सोमबार
421Shares
सिटिजन्स लाइफले मार्यो छलाङ्ग, हेरौ कुन सूचक कस्ता छन् ?
ncell

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमाससम्ममा २८ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने सो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८७. ३५ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्यांकमा देखिन्छ।

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ७.०५ प्रतिशतले बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ७२ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यता समिक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १ अर्ब १५ करोड २ लाख रुपैयाँ,अन्य प्रत्यक्ष आम्दानीबाट १करोड २९ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ६ करोड १० लाख २ करोड रुपैयाँबराबरको आम्दानी गरेको देखिन्छ ।

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ९४ करोड ४३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १५.५९ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३ अर्ब ४१ करोड २४ लाख रुपैयाँ थियो।

कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब ९३ करोड ९१ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीको खर्च ४ अर्ब ४० करोड ९२ लाख रुपैयाँ थियो। कम्पनीको महाविपत्ती कोषको आकार १६ करोड ५३ लाख रुपैयाँबराबर रहेको छ । रिटेन्ड अर्निङ कोषमा ६३ करोड १७ लाख रुपैयाँ सञ्चित गरेको कम्पनीले सेयर प्रिमियम शीर्षकमा १ अर्ब ५५ करोड २० लाख रुपैयाँ छुट्टाएको छ ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस पनि बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ७.६३ रुपैयाँ रहेको ईपीएस बढेर ९.५३ रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १७५।७२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५२४.३६ रुपैयाँ र पीई अनुपात ४७.४० गुणा कायम भएको छ ।

 

 

 

 

यो समाचार शेयर गर्नुहोस्
421SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?