National life

सिटिजन लाइफको आईपीओमा आकर्षण, अहिले सम्म १५ लाख कित्ता भन्दा बढीको आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०९ साउन २०८०, मङ्गलबार
798Shares
सिटिजन लाइफको आईपीओमा आकर्षण, अहिले सम्म १५ लाख कित्ता भन्दा बढीको आवेदन
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन ९ गते) साझ ५ः०० बजेसम्ममा २१ हजार ३८५ जनाबाट १५ लाख १ हजार ३९० कित्ता बराबर ३६ करोड ६३ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज असार ३१ गतेदेखि प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको हो।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा आइपिओ निष्कासन गर्न लागेको हो। इन्स्योरेन्सले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोमध्ये ५ प्रतिशत अर्थात् ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीहरूका लागि र बाँकी रहेको १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयर प्रतिकित्ता २४४ रुपैयाँमा सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीले बताएको छ।कुल निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको हो।

यस्तै निष्कासन गरिने कुल सेयरको ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीको भनाइ छ।

उक्त आइपिओमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

यो समाचार शेयर गर्नुहोस्
798SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?