National life

सिटिजन लाइफको आइपीओ आजबाट निष्कासन, हेर्यौ कस्तो छ कम्पनीको समग्र अवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३१ असार २०८०, आइतबार
538Shares
सिटिजन लाइफको आइपीओ आजबाट निष्कासन, हेर्यौ कस्तो छ कम्पनीको समग्र अवस्था
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज असार ३१ गतेदेखि प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा आइपिओ निष्कासन गर्न लागेको हो। इन्स्योरेन्सले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोमध्ये ५ प्रतिशत अर्थात् ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीहरूका लागि र बाँकी रहेको १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयर प्रतिकित्ता २४४ रुपैयाँमा सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीले बताएको छ।कुल निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गर्न लागेको हो।

यस्तै निष्कासन गरिने कुल सेयरको ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीको भनाइ छ।

उक्त आइपिओमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीलाई इक्रा नेपालले ’इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा नै पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल मार्केट रहेको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङले निर्माण गरेको सफ्टवेयर ’मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ आषाढ १२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको यस कम्पनीले बीमा ऐन, २०७९ तथा बीमा विनियमावली, २०४९ अनुसार मिति २०७४ भाद्र ७ गते नेपाल बीमा प्राधिकरणबाट जीवन बीमा सम्बन्धी कारोबार गर्न स्वीकृति प्राप्त गरी जीवन बीमा कम्पनीको हैसियतले मिति २०७४ कार्तिक २ गते देखि जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

कम्पनीको संचालक समितिको अध्यक्षमा प्रदीप जङ्ग पाण्डे रहेका छन् । त्यस्तै संचालक समितिका अन्य सदस्यमा सुमितकुमार अग्रवाल, महेश स्वाँर, दावा फुटी शेर्पा, मनोज कार्की, अभिनव ज.व. राणा, श्रीमान कार्की (स्वतन्त्र संचालक) रहेका छन् ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड ५० लाख रहेको र साधारण शेयर विक्री प्रक्रिया पश्चात् कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७५ करोड हुन्छ । आईपीओ प्रक्रिया पश्चात् कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पोषक राज पौडेल रहेका छन्। हाल जीवन बीमक संघको अध्यक्ष समेत रहेका पौडेल यस अघि मेटलाइफ इन्स्योरेन्स कम्पनी लि.मा वित्त प्रमुखको रुपमा १५ वर्षको कार्य अनुभव रहेको छ। वरिष्ठ प्रबन्धकको रुपमा लेखापरीक्षण तथा व्यवस्थापन तहमा रहेर वि.सं.२०५२–२०५८ सम्मको कार्य अनुभव बटुलिसकेका पौडेल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा मिति २०७४/०९/३० देखि कार्यरत रहेका छन् ।

आर्थिक वर्ष ७८/७९ को वास्तविक वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी २१ रुपैयाँ ४९ पैसा रहेको छ भने किताबी मूल्य १७२ रुपैयाँ ४३ पैसा छ । आ.व. ७९/८० को चैत मसान्तसम्मको अपरिष्कृत विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ ८८ पैसा र किताबी मूल्य १५४ रुपैयाँ ७४ पैसा रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सिटिजन लाइफले ३ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा सिटिजन लाइफको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ रहेको छ।

हाल कम्पनीले ४६ शाखा कार्यालय तथा ९४ उपशाखा कार्यालयहरूबाट जीवन बीमा सम्बन्धी कारोवार गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?