National life

सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक,अब कुन बीमालेखमा कति बोनस ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१५ मंसिर २०८२, सोमबार
623Shares
सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक,अब कुन बीमालेखमा कति बोनस ?
ncell

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरुका लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफामा सरिक हुने९बोनस आर्जन गर्ने०गरी जारी गरिएका सम्पूर्ण जीवन बीमालेखमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनसदर कायम गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन मंसिर १४ गते बीमा प्राधिकरणबाट स्वीकृत भएको जनाएको छ ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनसदर तोकेका छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखअन्तर्गत ९ वर्षे अवधिका लागि २५ रुपैयाँ, १० देखि १४ वर्षका लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षका लागि २७ रुपैयाा र २० देखि २४ वर्षका लागि २८ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सिटिजन शुभारम्भ योजना९सावधिक ०बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४६ रुपैयाँ,२५ देखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५० रुपैयाँ,२५ देखि २९ वर्षका लागि ६३ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७३ रुपैयाँ बोनसदर प्रदान गर्ने निर्णय गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?