National life

सिटिजन लाइफको नाफामा २७.१४ प्रतिशतले वृद्धि, सबै सूचकमा देखियो राम्रो प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ वैशाख २०८२, सोमबार
791Shares
सिटिजन लाइफको नाफामा २७.१४ प्रतिशतले वृद्धि, सबै सूचकमा देखियो राम्रो प्रगति
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म ३५ करोड ७६ लाख रूपैयाँ खुद नाफा गरेको छ। जुन गत आवको भन्दा २७.१४ प्रतिशतले बढी हो। गत आवको यसै अवधिसम्म कम्पनीले २८ करोड १३ लाख रूपैयाँ मात्रै खुद नाफा गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा कम्पनीको कुल आम्दानी २२.५२ प्रतिशतले बढेर ६ अर्ब ३९ करोड रूपैयाँ पुगेको छ। गत आवमा कम्पनीको कुल आम्दानी ५ अर्ब २१ करोड रूपैयाँ रहेको थियो। यस्तै कम्पनीको खुद ब्याज आम्दानी ४ अर्ब ८१ करोड रूपैयाँ रहेको छ। गत आवमा उक्त आम्दानी ४ अर्ब रूपैयाँ रहेको थियो।

यस समिक्षा अवधिमा कम्पनीले ५ अर्ब ९६ करोड रूपैयाँ कुल खर्च गरेको छ। यस अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार करीब ४३.९७ प्रतिशतले वृद्धि भएर १८ अर्ब रूपैयाँ पुगेको छ। गत बर्ष यस अवधिमा उक्त कोषमा १२ अर्ब ५१ करोड रूपैयाँ रहेको थियो।

यस समिक्षा अवधिमा कम्पनीको महाविपत्ति कोषमा २१ करोड १२ लाख रूपैयाँ र जगेडा कोषमा करीब साढे ९८ करोड रूपैयाँ सञ्चिति रहेको छ। चुक्ता पूँजी ५ अर्ब रूपैयाँ रहेको कम्पनीको कम्पनीको प्रतिशेयर आम्दानी ९.५४ रूपैयाँ र प्रतिशेयर नेटवर्थ १४६.९१ रूपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
791SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?