National life

सिमित व्यक्तिको फाईदाको लागि शेयर बजार घटाउने र बढाउने चलखेल भएको छ :अर्थमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२५ जेठ २०८०, बिहिबार
941Shares
सिमित व्यक्तिको फाईदाको लागि शेयर बजार घटाउने र बढाउने चलखेल भएको छ :अर्थमन्त्री
ncell

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सिमित व्यक्तिको फाईदाको लागि शेयर बजार घटाउने र बढाउने काममा चलखेल बताएका छन्। बिहीबार धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ५६ लाख लगानीकर्ताको नाम लिएर समाजिक संजाल देखि आन्दोलनसम्मको बाटो देखाएर यसबाट ठूलो लाभ लिएको बताएका हुन्।

अर्थमन्त्री महतले सिमित व्यक्तिले शेयर बजारबाट विभिन्न वाहानामा आम लगानीकर्ताहरुको नाम बोचेर चलखेल गर्ने काम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।सीमित मान्छेले कमाउने, उनीहरूको लक्ष्य अनुसार नै बजार चल्दा समस्या बढेको महतको भनाई छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ठुलाको भर पर्दा सानामा समस्या परेको समेत उनले बताए । साना लगानीकर्तालाई आयकरका जोड्न खोजेको भन्दै गलत प्रचार गरिएको बताए ।

समाजिक संजालमार्फत साना लगानीकर्ताहरुलार्य भ्रामक जानकारी दिएको भन्दै यसतर्फ सचेत हुन उनले आग्रह गरे । अर्थमन्त्री महतले आयकरको विषयलाई उठाएर सीमित लगानीकर्ताहरुले बजार चलखेल गरेर लाभ उठाएको टिप्पणी गरे ।

चलखेल गर्ने हेतुले केही लगानीकर्ताहरुले सबै लगानीकर्ताहरुलाई आम्दानीमा आयकर लाग्छ भन्दै हल्ला फिँजाएर घटाउने र बढाउने गरेर फाइदा लिएको उनको भनाई थियो । उनले भने, “कहीँ कतै दुविधा नहोस्, कहीँ कतै भ्रम सिर्जना गर्ने कोशिस नहोस्, सेयर मार्केटलाई कमजोर गर्ने, यसप्रतिको विश्वासलाई कमजोर बनाउने, कुनैपनि काम हामीबाट हुँदैन । ”

सीमित व्यक्तिहरुले मात्रै फाइदा उठाउने र नाम चाँही ५६ लाखको लिने गरेको भन्दै उनले धितोपत्र बोर्डले अनुगमन गरी सीमित व्यक्तिहरुले मात्रै फाइदा लिने काम बन्द गर्न निर्देशन समेत दिए ।

बजारमा चलखेल गर्नेहरुले नियमित रुपमा बजारमा के–के गर्दा फाइदा हुन्छ भनेर हेरिरहेको भन्दै फाइदा पनि उनीहरुले नै लिइरहेको दाबी गरे । “सीमित व्यक्तिहरुको फाइदा पुर्याउने माध्यमको रुपमा मात्रै सीमित हुनुन हुँदैन ।

मन्त्री महतले बैंकमा लगानी गर्दा सेयर बजारमा लगानी गर्दा भन्दा फाइदा हुने बताएका छन् ।‘सेयर बजार आम लगानीकर्ताको लागि हुनु पर्यो, बैंकमा राख्नुभन्दा सेयर बजारमा लगानी गर्दा फाइदा हुन्छ, बजारको विकासका लागि रास्ट्र बैंकले पनि भूमिका निर्वाह गर्नु पर्ने हुन्छ, सेयर बजार प्रतिको विश्वास कम गराउने काम हामीबाट हुँदैन,’ उनले भने ।

उनले भने , “बैंकमा राख्ने ब्याजभन्दा धेरै फाइदा हुन्छ कि भनेर सेयर बजारमा लगानी गरेका आम लगानीकर्ताहरुलाई फाइदा पुग्नुपर्छ । आफ्नो पेट कटाएर भोलि केही होला कि भनेर लगानी गरेकाहरुलाई संरक्षण गर्ने जिम्मेवारी धितोपत्र बोर्डको हो भन्दै बोर्डलाई यसतर्फ सचेत रह्न निर्देशन दिएको छ।

“पेपरलेस र हरेक क्रियकलापलाई पारदर्शी बनाएर कसैले अनुचित लाभ लिन नपाओस्, त्यसको सुनिश्चितता गर्ने र कसैले पनि इन्साइडर ट्रेडिङ गरेर फाइदा लिन नपाउने गरी निरन्तर अनुगमन गर्ने भूमिका धितोपत्र बोर्डले निर्वाह गर्नुपर्छ ।” मन्त्री महतले भने

सेयर बजारमा बैंक तथा वित्तीय संस्था र जलविद्युत कम्पनीहरु धेरै सूचीकृत भएकाले वास्तविक क्षेत्रका कम्पनीहरुलाई सेयर बजारमा भित्र्याउनुपर्ने महतले बताए ।

सेयर बजारलाई हेर्ने विस्तारित र लगानीकर्ताहरुको सुरक्षा सुनिश्चितता गर्नका लागि राष्ट्र बैंकले पनि के कस्तो भूमिका निर्वाह गरेर सहजीकरण गर्नुपर्छ त्यो भुमिका राष्ट्र बैंकको भएको उनले बताए । राष्ट्र बैंकबाट हुनुपर्ने पहलकदमी हुने नै भन्दै सम्बन्धीत निकायहरुलाई अर्थ मन्त्रालयलबाट सुस्पष्ट ढंगबाट निर्देश भैसकेको उनको जानकारी दिए ।

यो समाचार शेयर गर्नुहोस्
941SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?