काठमाडौँ । घरेलु बजारमा आज फेरि सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको रेकर्डलाई ब्रेक गर्दै आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बढेको सुनको प्रतितोला मूल्य १ लाख ७६ हजार रुपैयाँमा कायम भएको जनाएको छ ।
अघिल्लो दिन सुनको मूल्य ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ४५ रुपैयाँ कायम भएको छ ।


































