काठमाडौँ । साताको पहिलो कारोबारका दिन नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। पछिल्लो समय एकपछि अर्को गर्दै बढिरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा ६०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यता चाँदीको मूल्य भने घटेको छ । शुक्रवार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


































