काठमाडौँ । एकाएक बढेर कीर्तिमानी कायम गरेको सुनको मूल्य घट्ने क्रमले आज तेस्रो दिन समेत निरन्तरता पाएको छ। आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ।
अघिल्लो दिन सोमबार ६ सय रुपैयाँले घट्दै सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । घरेलु बजारमा आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको भाउ आज प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन पनि चाँदीको स्थिर रहेको थियो । सुनको मूल्य बढ्ने अन्तर्राष्ट्रिय कारण यथावत् रहेको कारण सुनको मूल्यमा थप वृद्धि हुने महासंघले जनाइको छ।


































