काठमाडौँ । आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हाे ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँ बढेकाे छ । चाँदीको मूल्य ५ रुपैयाँले बढेसँगै प्रतितोला १४ सय ३० रुपैयाँ कायम छ । शुक्रबार प्रतितोला १४ सय २५ रुपैयाँ कायम थियो ।


































