National life

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ काराेबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ असार २०८०, आइतबार
589Shares
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ काराेबार ?
ncell

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा ३ सय रुपैयाँले घटेकाे हाे ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन प्रति तोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Royal Enfield
nic asia capital

शुक्रबार छापावाला सुन प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा र तेजावी सुन प्रति तोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
589SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?