National life

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आज काराेबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ भदौ २०८०, आइतबार
398Shares
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आज काराेबार ?
ncell

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घट्दै १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै घट्दै १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियाे भने तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएकाे थियाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज चाँदीको मूल्य पनि भने १० रुपैयाँले घटेकाे छ । चाँदी गत शुक्रबारको तुलनामा तोलामा १० रुपैयाँले घट्दै आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
398SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?