काठमाडौं । आज सुनको मूल्य घटेको छ । आज शुक्रबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेकाे हाे ।
आज छापावाल सुन तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहिबार छापावाल सुन ताेलामा १ लाख १२ हजार ८ सयमा र तेजावी सुन प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भएकाे थियाे ।
आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेकाे छ । चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर आज प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएकाे थियाे ।


































