काठमाण्डौ। साताको पहिलो कारोबारका दिन (आज) आइतबार घरेलु बजारमा सुनको मूल्य सामान्य अंकले बढेको छ। आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आज प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।
गत शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य भने घटेको छ।
चाँदीको मूल्य आज ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।


































