काठमाडौँ। आज बुधवारका दिन घरेलु बजारमा सुनको मूल्य उच्च विन्दुबाट ओरालिएको छ ।
आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो।
यो हालसम्मकै उच्च हो । आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९४० रुपैयाँ कायम भएको छ ।


































