National life

सुनचाँदी धितो कर्जा ४४ %ले वृद्धि : मंसिरसम्म ९५ अर्ब नाघ्यो, कुन बैंकबाट कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०९ माघ २०८२, शुक्रबार
991Shares
सुनचाँदी धितो कर्जा ४४ %ले वृद्धि : मंसिरसम्म ९५ अर्ब नाघ्यो, कुन बैंकबाट कति ?
ncell

काठमाडौं। बैंक तथा वित्तीय संस्थाबाट पछिल्लो समय सुनचाँदी धितो कर्जा प्रवाह उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२र८३ को मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सुनचाँदी धितो कर्जा ९५ अर्ब ५४ करोड ३० लाख रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.२१ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कुल ६५ अर्ब ५५ करोड ८० लाख रुपैयाँ बराबरको सुनचाँदी धितो कर्जा प्रवाह भएको थियो। वाणिज्य बैंकहरूले मात्र सुनचाँदी धितो कर्जाका रूपमा ८७ अर्ब ५६ करोड रुपैयाँ प्रवाह गरेका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.२१ प्रतिशतले वृद्धि भएको हो। गत वर्षको मंसिर मसान्तसम्म वाणिज्य बैंकहरूले ६५ अर्ब ५५ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ बैंकले मात्र सुनचाँदी धितो कर्जा प्रवाह गरेका छन् भने ६ बैंकले यस्तो कर्जा प्रवाह नगरेको तथ्यांकले देखाएको छ। वाणिज्य बैंकमध्ये सुनचाँदी धितो कर्जा सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडले प्रवाह गरेको छ। बैंकले मंसिर मसान्तसम्म ४१ अर्ब ८६ करोड ६० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.७४ प्रतिशतले बढी हो। गत वर्ष बैंकले २२ अर्ब ६४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

त्यसैगरी, दोस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकको सुनचाँदी धितो कर्जा पनि ३५.७४ प्रतिशतले बढेको छ। बैंकले ३० अर्ब ७३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८ अर्ब ९ करोड १० लाख रुपैयाँले बढी हो। अन्य बैंकहरूमध्ये प्राइम कमर्सियल बैंकले ७ अर्ब ८३ करोड ५० लाख रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट बैंकले २ अर्ब ८६ करोड ५० लाख रुपैयाँ तथा नबिल बैंकले २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ बराबरको सुनचाँदी धितो कर्जा प्रवाह गरेका छन्।

यता केही बैंकमा भने सुनचाँदी धितो कर्जा प्रवाह घटेको देखिएको छ। कृषि विकास बैंकको कर्जा प्रवाह ७६.८४ प्रतिशतले, प्रभु बैंकको ९२.८६ प्रतिशतले र एनआईसी एशिया बैंकको ४७.६८ प्रतिशतले घटेको छ।

nic asia capital
यसैबीच, स्टान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक र सानिमा बैंकले समीक्षा अवधिमा सुनचाँदी धितो कर्जा प्रवाह नगरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

यो समाचार शेयर गर्नुहोस्
991SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?