National life

सुन खरिदमा सिफारिस गर्दा शुल्क नलिन निर्देशन, बैंकको आम्दानीमा चाप पर्ने आकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ वैशाख २०८२, मङ्गलबार
1.2kShares
सुन खरिदमा सिफारिस गर्दा शुल्क नलिन निर्देशन, बैंकको आम्दानीमा चाप पर्ने आकलन
ncell

काठमाडौं । राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले सुन खरिदका लागि वाणिज्य बैंकमा सिफारिस भएका व्यवसायीसँग शुल्क वा दस्तुर लिन नपाउने व्यवस्था गरेको जनाएको छ ।

केन्द्रीय बैंकको विदेशी विनियम व्यवस्थापन विभागले आज सूचना जारी गर्दै वाणिज्य बैंकबाट सुन खरिदका लागि सिफारिस गर्दा कुनै पनि शुल्क तथा दस्तुर लिन नपाउने बताएको छ ।

अब नेपाल सुनचाँदी व्यवसायी महासंघ वा अन्य संघले सिफारिस गरेका व्यवसायीहरुसँग वाणिज्य बैंकले शुल्क लिन नपाउने भएका हुन्। सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ को व्यवस्था बमोजिम राष्ट्र बैंकले सुन सिफारिस गरेका व्यवसायीसँग शुल्क नलिन राष्ट्र बैंकले निर्देशन दिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसले अर्थतन्त्रमा देखिएको सुस्तता र पुँजीकोषमा चाप परेको कारण बैंकहरुले आफ्नो आम्दानी बढाउन नसकिरहेको समय राष्ट्र बैंकले थप आम्दानी घटाउने दिशामा अगाडि बढेको जानकारहरुको भनाई छ ।

राष्ट्र बैंकको यस निर्णयबाट बैंकहरुको आम्दानी घट्ने भएको छ। बैंकहरुको आम्दानी संकुचित भइरहेको समयमा राष्ट्र बैंकले थप बोझ थपिदिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?