काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा वृद्धि देखिएको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। यसअघि बुधबार सुन २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ५१ हजार ८८५ रुपैयाँ पुगेको छ।
चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो दिन ४ हजार ९६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ९० रुपैयाँले बढ्दै ५ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

































