National life
cg eloctronics

सुन तस्करी छानबिन गर्न आयोग गठन, संयोजकमा पूर्वन्यायाधीश आचार्य

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ असोज २०८०, आइतबार
1.2kShares
सुन तस्करी छानबिन गर्न आयोग गठन, संयोजकमा पूर्वन्यायाधीश आचार्य
muktinatha bikash bank

काठमाडौँ । सरकारले पछिल्लो समय भइरहेको अर्बौँ मूल्यको सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्य संयोजक रहेको उच्चस्तरीय आयोग बनँएको हो।

बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चार सदस्यीय आयोग गठनको निर्णय भएको बताएकी छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

गत असोज ५ गते दलहरुको बैठकको निर्णयअनुसार आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश आचार्य संयोजक रहनेछन्।

त्यसैगरी सदस्यहरुमा पूर्वसहसचिव किशोरजंग कार्की, पूर्वसहसचिव प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा सदस्य रहेका उनले बताइन्।

सरकार र प्रमुख प्रतिपक्षी दलहरुबीच आइतबार भएको छलफलले नेपालमा भइरहेको सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय आयोग बनाइएको हो।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?