काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज प्रवक्ता र सह-प्रवक्ताको जिम्मेवारी हेरफेर गरेको छ । उक्त नयाँ व्यवस्था अनुसार बीमा प्राधिकरणको प्रवक्तामा सुसिल देव सुवेदी तथा सह-प्रवक्तामा पुनम ज्ञवाली नियुक्त भएका छन् ।
सो निर्णय हुनुभन्दा अघि प्राधिकरणको प्रवक्तामा राजुरमण पौडेल थिए । केही दिन अघि मात्रै उनले प्राधिकरणबाट उमेरहदको अवकासका कारण निस्कीएका छन् ।































