National life

सूर्यको केन्द्रभन्दा ६ गुणा अधिक तापमान पृथ्वीमै पैदा गरेर चीनले बनायो विश्व किर्तिमान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ माघ २०८१, सोमबार
1.2kShares
सूर्यको केन्द्रभन्दा ६ गुणा अधिक तापमान पृथ्वीमै पैदा गरेर चीनले बनायो विश्व किर्तिमान
ncell

काठमाडौं। चिनियाँ वैज्ञानिकहरुले सूर्यको केन्द्रभन्दा ६ गुणा अधिक तापमान पृथ्वीमै पैदा गरेर विश्व किर्तिमान कायम गरेका छन् । यसलाई चीनको असीमित तथा न्यून लागतवाला हरित उर्जाको क्षेत्रमा एउटा लामो छलांगको रुपमा लिइएको छ

उक्त तापमान परमाणु रिएक्टरमा पैदा गरिएको हो। जहाँ वैज्ञानिकहरुले १०६६ सेकेण्डका लागि १० करोड डिग्री सेल्सियसभन्दा अधिक तापमान पैदा गर्न सफल भएका छन् । यसलाई चीनको न्युक्लियर फ्युजनको इतिहासमा एउटा ठूलो घटना मानिएको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यहीँ सोमबार चीनको हेफेइस्थित प्लाज्मा भौतिक विज्ञान संस्थानको Experimental Advanced Superconducting Tokamak मा हासिल भएको उक्त उपलब्धीले गत अप्रिल महिनामा सोही केन्द्रले कायम राखेको ४०३ सेकेण्ड लामो किर्तिमान भंग गरेको हो ।

शोधकर्ताहरुले चीनको उक्त कृत्रिम सूर्य परियोजनाका लागि प्रायोगिक उपकरणको परीक्षण गरिरहेका छन् जुन फ्युजन रिएक्टरलाई वास्तविकता बनाउने दिशामा एउटा महत्वपूर्ण कदमको रुपमा हेरिएको छ ।

संस्थानका निर्देशक सोंग युंटाओले भनेका छन्, ‘स्वस्थानीय प्लाज्मा प्राप्त गर्न तथा फ्युजनबाट लगातार बिजुली उत्पादन गर्नमा सक्षम बनाउनका लागि एउटा फ्युजन उपकरणलाई हजारौँ सेकेण्डका लागि स्थीर अवस्थामा अत्यन्तै कुशलतापूर्वक सञ्चालन गर्नुपर्ने हुन्छ ।

वैज्ञानिकका अनुसार पृथ्वीमा न्युक्लियर फ्युजन प्राप्त गर्नका लागि सूर्यभन्दा तातो प्लाज्मा तापक्रम आवश्यक पर्दछ । एक तथ्यांक अनुसार सूर्यको केन्द्रको तापक्रम १ करोड ५० लाख डिग्री सेल्सियस छ ।

सोमबारको सफलताले भविष्यका न्युक्लियर फ्युजन रिएक्टरका लागि आवश्यक वातावरण पुनः सिर्जना गर्न सफल भएको छ । चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले लेखेको छ : १० करोड डिग्री तथा १ हजार सेकेण्डको सीमा पार गर्नुले भविष्यको फ्युजन विद्युत संयन्त्रको परिचालन वातावरणको अनुकरण गर्ने हाम्रो क्षमतालाई दशाउँछ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?