National life

सूर्यज्योति लाइफको नयाँ बोनसदर घोषणा, अधिकतम ९० रुपैयाँसम्म बोनस पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२६ मंसिर २०८२, शुक्रबार
1.2kShares
सूर्यज्योति लाइफको नयाँ बोनसदर घोषणा, अधिकतम ९० रुपैयाँसम्म बोनस पाउने
ncell

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१ –८२ को बिमाङ्किय मूल्यांकन प्रतिबेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

नेपाल बीमा प्रधिकरणले स्वीकृत गरेको बिमाङ्किय मूल्यांकन प्रतिबेदनको आधारमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो । स्वीकृत बिमाङ्किय मूल्यांकन अनुसार कम्पनीले सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ ।

साथै, सावधिक तथा आजीवन जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४२ देखि ६० रुपैयाँ, बार्षिक अग्रिम भुक्तानीमा न्यूनतम ३८ देखि ४७ रुपैयाँ र चौरासी पूजा जीवन बीमा योजनाहरुमा न्यूनतम ४५ देखि ९० रुपैयाँसम्म बोनस दिने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरेको सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनीले समय सापेक्ष प्रबिधि तथा सेवाहरुमा उत्कृष्ट दिदै छोटो समयमै उल्लेखनीय उपलब्धिहरु हासिल गरिसकेको छ ।

कम्पनीले जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध ५० लाख रुपैयाँ सम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनि बन्दै आइ.एस.ओ ९००१ – २०१५ द्वारा बिभूषित भएको एकमात्र जीवन बीमा कम्पनि बन्न सफल पनि भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?