National life

सेयर धितोमा कर्जामा अधिकतम २५ करोड रुपैयाँसम्मको सीमा आजदेखि लागू

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ साउन २०८२, बिहिबार
1.3kShares
सेयर धितोमा कर्जामा अधिकतम २५ करोड रुपैयाँसम्मको सीमा आजदेखि लागू
ncell

काठमाडौं । आजदेखि (साउन १ गते) सेयर धितोमा राखेर अधिकतम २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था लागू भएको छ। केन्द्रीय बैंकले बुधबार परिपत्र जारी गर्दै आज साउन १ गतेदेखि लागू हुने गरी यस्तो व्यवस्था गरेको उल्लेख गरेको हो ।

इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिने मार्जिन प्रकृतिको कर्जाको हकमा एकल ग्राहकले पाउन सक्ने अधिकतम सीमा २५ करोड रुपैयाँ तोकेको हो। यो व्यवस्था सेयर धितोमा प्रवाह गरिने कर्जामध्ये ‘मार्जिन प्रकृति’का कर्जामा मात्र लागू हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अन्य प्रयोजनका लागि लिइने सेयर धितो कर्जामा भने यस्ता सीमा लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

अर्थात्, सिमित प्रयोजनका लागि मात्रै यो कर्जा सीमा लागू हुनेछ भने अन्य प्रकारका सेयर धितो कर्जामा पुरानै व्यवस्था कायम रहनेछ। यसअघि मौद्रिक नीतिमार्फत् एकल ग्राहक कर्जाको सीमा १० करोडबाट १५ करोड रुपैयाँमा पुर्‍याइएको थियो। तर, अब यो सीमा बढाएर २५ करोड पुर्‍याइएको छ।

राष्ट्र बैंकले एकल ग्राहक कर्जा सीमा व्यक्तिका हकमा मात्र तोकेको हो। संस्थागत ऋणीहरूको हकमा भने यस्ता सीमा लागू हुने छैनन्। आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा.विश्वनाथ पौडेलले सेयर बजारलाई प्रवर्द्धन गर्ने उद्देश्यले सेयर मैत्री नीति ल्याउने घोषणा गरेका थिए। त्यसअनुसार मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाउने निर्णय भएको हो।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?